धनगढी – बैतडीमा घाँटीमा पासो लगाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा जुटको डोरीले पासो लगाई झुण्डीको अवस्थामा फेला परेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक पहरीकी श्रीमती धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।

शव जाँचका लागि मुचुल्का उठाई शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।