नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा टिप्पणी गरेका छन् ।

पछिल्ला दिन उनले ज्ञानेन्द्र शाहको आलोचनामा शब्द खर्चिने गरेका छन् । झापामा आफूमाथिको आक्रमण प्रयासमा पूर्व राजा शाहका परिवारका सदस्यको पनि संलग्नता रहेको उनको आरोप थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसको भोलिपल्ट आज १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टीको भातृ संगठन जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको आरोप लगाए ।

उनको उक्त आरोप पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित थियो । अहिले पूर्वराजा शाहले आफूअनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको ओलीको आरोप छ ।

उनले भने,‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि।

अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजक हुनुपर्छ।’

सो अवसरमा उनले भ्रम र भावनाबाट देश नबन्ने पनि दाबी गरेका छन् । उनले सही नीति र उद्देश्य राखेर देशलाई बनाउनुपर्नेमा जोड दिए । त्यसको लागि एमालेले सही नीति लिएको पनि उनको दाबी छ