काठमाण्डाै – सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गरेको छ ।

आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्वर्गीय टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थाल्नुभएको थियो । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उहाँले जनवादी गीत गाउन थाल्नुभएको हो ।

टुहुरेकाे ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई..., आँधी खाेलैले, बसाइँ हिँड्नेकाे ताँतीले, रातकाे अनिँदाे’ लगायत थुप्रै चर्चित गीतहरू छन् । उहाँको दुई वर्षअघि निधन भएको थियो ।