काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ । म.प्र.०४–००१ ज. ००६२ नम्बरको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परेर घाइते हुनेमा निरकुमार चालिसे, गार्की बस्नेत, कमला घिमिरे, राजन कार्की, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल र सरोज थापा छन् । घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ ।