काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।