२९ मंसिर । फेसबुकमा आइलागेको विदेशीसँग कुरा नबुझी आर्थिक कारोबार गर्दा हुनेखाने परिवारका महिला नै फन्दामा परेका छन् । ठग्ने कहाँ छ कहाँ ? ठगिनेहरु प्रहरी हिरासतमा छन् । धादिङस्थित युथ फाउण्डेसनमा काम गर्ने सम्झना श्रेष्ठ (नाम परिवर्तन) सँग फेसबुकमा आइलागेका थिए, जर्मन घर भई लण्डनमा कण्डक्टर इन्जिनियर हुँ भन्ने केनी जोनसन । फ्रेन्ड रिक्वेस्ट आयो, सम्झनाले स्वीकारिन् । केही दिन म्यासेन्जरमा कुरा हुँदा केनी सामान्यरुपमै प्रस्तुत भइरहेका थिए । तर, केही दिनपछि सम्झनाको नेपालको ठेगाना मागे । किन ? भनी सोध्दा ‘म पनि नेपाल आउँछु । नेपालमा मलाई एउटा घर किनिदेऊ । तिमीलाई पैसा र राम्रो–राम्रो गिफ्टहरु पठाउँछु । जर्मन घुम्न लान्छु’ जवाफ पाइन् । अरु त यस्तैउस्तै हो, गिफ्ट नै पठाउँछ भने ठेगाना दिएर के नै बिग्रिएला भनी ठेगाना पाइन् । केही दिनपछि केनीले खबर गर्यो, सामान दिल्लीमा आएको छ भनेर । एउटा कार्टुनमा विभिन्न गिफ्ट आइटम र ५० हजार पाउण्ड पैसा छ भन्यो । त्यो सामान पाउन भारतमा पाँच सय अमेरिकी डलर पठाउनुपर्ने खबर आयो । ५० हजार पाउण्ड हात लाग्छ भने पाँच सय अमेरिकी डलर के ठूलो कुरा भयो र ? सम्झनाले पठाउने के उपाय छ भनी सोधिन् । केनीले त्यहाँको कष्टम अफिसबाट फोन आउँछ भने । नभन्दै फोन आयो, भारतीय नम्बर ००९१९७१८७६७९४४ बाट । फोन गर्नेले, ‘म तपाईंलाई नेपालको खाता नम्बर दिन्छु’ भन्दै नबिल बैंकमा रहेको रमिता महर्जनको ४६१००१७५०४४१९ पठाइदियो । नबिल बैंकको बानेश्वर शाखाबाट सम्झानाले उक्ता खातामा ५४ हजार रुपैयाँ जम्मा गरिन् । पैसा त हालियो, तर सामान आए । किन आएन भनी सोधखोज गर्दा भारतीय नम्बरको मोबाइल रिसिभ गर्ने तीन व्यक्तिले त्यति पैसा नपुग्ने भयो भन्दै नेपाली रुपैयाँ एक लाख २७ हजार फेरि माग्यो । भोलिपल्ट बिदाको दिन । फेरि पर्सिपल्ट फोन आयो । चार प्रतिशत गभर्मेन्ट चार्ज लाग्छ भन्दै दुईलाख ७९ हजार नेपाली रुपैयाँ त्यही खातामा हाल्न भनियो । पछि भारतीय नम्बर रिसिभ गर्ने उसले पाउन्ड ‘साट्न तपाईंलाई अप्ठेरो पर्छ । त्यसैले म साटिदिन्छु’ भन्दै अरु पैसा माग्न थाल्यो । यसपछि सम्झनाले थप पैसा नडुबाउने निर्णय गरिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
फेसबुकले फसाएपछि काठमाडौंका युवतीहरुमाझ कोलाहल
सवाल नेपालसंवाददाताबुधबार, २७ मङ्सिर २०७३

फेसबुकले फसाएपछि काठमाडौंका युवतीहरुमाझ कोलाहल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



