दमक÷रोयल क्लब अफ भारत झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको फाईनलमा प्रवेश गरेको छ । काँकडभिट्टा फुटब ट्रेनिङ्ग सेन्टरलाई ट्राईबे्रकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै रोयलले फाईनलमा सिएफसी कतार संग आफ्नो भेट पक्का गरेको हो । रोचक र प्रतिशप्रधात्मक देखिएको खेल अवधि भर दुबै तर्फबाट गोल गर्ने धेरै मौका पाएपनि यसैलाई सदुपयोग गर्न सकेनन् । ट्राईबे्रकरमा काँकडभिट्टाका नविन कुमार सुवेदी र डिलेन लिम्बुको प्रहार पोष्टबाट बाहिरीएको थियो । आजको प्रतियोगितामा रोयलका जर्सी नम्बर १० का करण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबीच पुष २ गते शनिबार सिफसी कतार र रोयल क्लब अफ भारतबीच फाईनल खेल हुने आयोजक फेन्स क्लब अफ विआरसी भूटानका अध्यक्ष यूवराज राईले बताए ।
काँकडभिट्टालाई हराउदै रोयल फाइनलमा
सवाल नेपालसंवाददाताबिहीबार, २८ मङ्सिर २०७३

काँकडभिट्टालाई हराउदै रोयल फाइनलमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



