मंसिर-३० /दमक - पटक–पटकको बन्दले आजित भएका झापा दमकका ब्यवसायीले आज संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दको अवज्ञा गरेका छन् । लिम्बुवानले गरेकोे एक दिने बन्दले दमक बजारमा कुनै प्रभाव पार्न सकेन । बन्द आव्हान गरे पनि दमकका बजार पसलहरु भने निर्बाध रुपमा संचालनमा आए । दमक उद्योग बाणिज्य संघले बजार पसल खुलाउन मोटरसाईकल ¥याली सहितको अभियान चलाएपछि दमकका अधिकांश बजार पसल खुलेका हुन् । बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले ९० प्रतिशत भन्दा बढी बजार पसल खुलेको बताए । उनले भने,‘हामीले बन्दको अवज्ञा गरेको होईन तर दैनिक रुपमा ब्यवसाय चलाउदै आएकाहरुको रोजी रोटीमा असर पु¥याउने कार्यको बिरोध मात्र गरेको हो’ । सम्पुर्ण ब्यवसायी तथा सुरक्षा निकायले वाणिज्य संघको आह्वानलाई साथ दिएकोमा उनले धन्यबाद समेत दिए । जस्तोसुकै बन्दमा पनि अब दमकका बजार पसल निर्बाध रुपमा संचालन हुने उनले बताए । त्यस्तै बिबेकशिल नेपाली झापाले समेत झापामा बन्दको प्रतिकार गरेको छ ।
दमकमा ब्यवसायीद्वारा बन्दको अवज्ञा
सवाल नेपालसंवाददाताबिहीबार, २८ मङ्सिर २०७३

दमकमा ब्यवसायीद्वारा बन्दको अवज्ञा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



