दमक, सिएफसी कतार झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको उपाधि जित्न सफल भएको छ । रोयल क्लब अफ भारतलाई ट्राईबे्रकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै कतारले उपाधि जितेकोे हो । प्रतिषप्रधात्मक खेलमा निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राईबे्रकरबाट लिईएको हो । ट्राईबे्रकरमा रोयलका बोई सिंहले गरेको प्रहार सिएफसीका गोल रक्षकले रोकेका थिए । त्यस्तै भारतकै निलाम्बर शाहको प्रहार पोष्टबाट बाहिरिए पछि सिएफसी कतारले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । शनिबारको खेलको म्यान अफ द म्याच रोयलका हेमरोन घोषित भए । त्यस्तै बेस्ट गोल किपरमा कतारका किशोर गिरि, बेस्ट कोचमा मुन्ना सुब्बा, बेस्ट मिड फिल्डरमा हेमन्त थापा मगर, बेस्ट स्टईकरमा विशाल राई ‘ए’ घोषित भए । उनीहरुले जनही ३÷३ हजार नगद प्राप्त गरे । स्वदेश तथा विदेशका गरि ८ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन राष्ट्यि मानव अधिकार दिवशको दिन डिशेम्बर १० अर्थात मंसिर २५ गते गरिएको थियो । शरर्णार्थी बनाउने भूटानलाई दबाब दिन तथा शरण दिने नेपाललाई धन्यबाद दिन प्रतियोगिताको आयोजना गरिएको आयोजक फेन्स क्लब अफ विआरसी भूटानका अध्यक्ष युवराज राईले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २ हजार १६ रुपैयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि र द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले प्रदान गरे ।
कतारले जित्यो शरणार्थी च्यालेन्ज कपको
सवाल नेपालसंवाददाताशनिबार, १ पुस २०७३

कतारले जित्यो शरणार्थी च्यालेन्ज कपको
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



