दमक/ झापाको केचना नाकाबाट अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको पाइएको छ । केचना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पथरिया ३ र केचना २ को क्षेत्रबाट २ लाख रुपैया मुल्य बराबरको लत्ताकपडा बरामद गरेपछि नाकाबाट कपडा भित्रीदै आएको पाईएको हो । भारतको ठाकुरगञ्ज बजार हुदै केचना नाकाबाट भित्राउन खोजिएको ६ पोका कपडा पथिरया बगान हुदै जलथलको जंगल बाटो हुदै विर्तामोड तर्फ लैजाने उक्त मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । सो कपडा केचनाका स्थानीय व्यापारी अरुण साहको रहेको प्रहरी स्रोतले जनाएको छ । साहले सो नाकाबाट भन्सार छलेर लत्ताकपडा, सुत्र्ती लगायतको सामान नेपाल भित्राउदै आइरहेको जनाइएको छ । यता बरामद गरेको ६ पोका कपडालाई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिटटा बुझाउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।
भन्सार छलेर ल्याएको लत्ताकपडा बरामद
सवाल नेपालसंवाददाताबुधबार, ५ पुस २०७३

भन्सार छलेर ल्याएको लत्ताकपडा बरामद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



