दमक,१० पुस नेपाली कांग्रेस दमक नगर समितिमा तीन जना मनोनित भएका छन् । - आज नगर पार्टी कार्यालय दमकमा बसेको कार्यसमितिको बैठकले तीन जनालाई पदाधिकारीमा मनोनित गरेको हो । यसरी मनोनित हुनेहरुमा पार्टी उपसभापतिमा राजकुमार गौतम ,सचिवमा सागरराज खनाल र सहसचिवमा दीपेश दाहाल रहनुभएको छ । मनोनित तीनै जना गत माघ १६ मा सम्पन्न १३ औ नगर अधिबेशनबाट कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । पार्टीको विधान अनुसार निर्वाचित कार्यसमिति सदस्यहरुबाट पदाधिकारीमा मनोनयन गरिएको पार्टी नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो । पार्टी विधान अनुसार थप छ जना सदस्यहरु समेत चाडै मनोनित गरि नगर समितिलाई पूर्णता दिईने सभापति विष्टले जनाउनुभयो । बैठकले पार्टीका १९ वटा वडाहरुमा आर्थिक पारदर्शिता गर्न अनिवार्य खाता सञ्चालन गरिने तथा यहि पुस २३ गते नगर समितिको आयोजनामा पार्टी आवद्ध सदस्यहरुवीच बनभोज जाने समेत निर्णय भएको सभापति विष्टले बताउनुभयो ।
दमक कांग्रेस को तीन पदाधिकारी मनोनीत
सवाल नेपालसंवाददाताआइतबार, ९ पुस २०७३

दमक कांग्रेस को तीन पदाधिकारी मनोनीत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



