चारवटा ठूला बिकास बैंकहरुलाई आफुमा गाभेको एनसीसी बैंक(NCCB)ले बल्ल एकीकृत कारोबार गर्ने मिति तय गरेको छ । एनबी समूहको अबरोधले एकीकृत कारोबार गर्ने समय अनिश्चित बनेको थियो ।

एनसीसीमा ईन्फ्रास्ट्रक्चर, ईन्टरनेशनलका , सुप्रिम र एपेक्स डेभलपमेन्ट बैंक गाभिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्र बैंकले गत मंसिर २० गते पाँच वटै संस्थालाई मर्जको अन्तिम स्वीकृति दिएको थियो तर कम्पनी रजिष्ट्रारको कार्यालयले एनबी समूहले हालेको मुद्धालाई कारण देखाउँदै एकीकृत कारोबारको स्वीकृति दिएको थिएन । मर्जरको क्रममा तयार पारिएको सम्पति तथा दायित्वको मूल्यांकन प्रतिबेदन (डीडीए) बिरुद्ध एनबी समूले मुद्धा हालेको थियो ।

कम्पनी रजिष्ट्रारले पुस १४ गते पाँच वटै ंसंस्था एक भएको जनाउँदै एकीकृत कारोबारको स्वीकृति दिएपछि पुस १७ गतेदेखि संयुक्त बित्तीय कारोबार हुन लागेको हो । पाँच वटै संस्थाको कारोबार एकीकृत गर्न र सफ्टवेयर मिलाउन पुस ५ र १७ गते पाँच वटै बैंकको शाखाहरु बन्द गरिने जनाईएको छ ।

एनसीसीमा गाभिदा एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो डीडीएबाट तय भएको थियो । मर्जबाट एनसीसी झण्डै ६ अर्ब चुक्ता पूँजी भएको बाणिज्य बैंक बन्दैछ ।

एनसीसीमा एनबी समूह र निर्मल प्रधान समूहबीचको झगडाले संस्थागत सुशासन कमजोर बनेपछि राष्ट्र बैंकले झण्डै तीन बर्ष अघि एनसीसीलाई आफ्नो नियन्त्रणमा लिएर राष्ट्रियस्तरका बिकास बैंकहरुलाई आपसमा गाभेर सबल बैंक बनाउने रणनीति लिएको थियो । यही क्रममा आपसमा गाभिने संम्झोता गरेको कुमारी बैंक एकाएक मर्ज प्रक्रियाबाट बाहिरिएपछि बीचमा केही असजिलो महसुस गरिएको थियो ।