काठमाडौं, १५ पुस । भावी रणनीति तय गर्न आजपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।

आजको बैठकपछि मोर्चाले पत्रकार सम्मेलनमार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने रामसपा प्रवक्ता केशव झाले जानकारी दिए । प्रमुख तीन राजनीतिक दलले एक साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सैद्वान्तिक सहमति गरेपछि मोर्चाले संविधान संशोधन र निर्वाचनको विषयमा हिजोदेखि छलफल थालेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबारको बैठकमा सरकार आफूहरुको माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको भन्दै नेताहरुले संविधान संशोधन नभई निर्वाचनको मिति घोषणा भए आफूहरु पनि आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।