एजेन्सी। सोमालियाको चरमपन्थी समूह सल सबाबले बहुविवाह गरेको भन्दै एक महिलालाई मृत्युदण्ड दिएको छ। उक्त संगठनको अदालतले उक्त महिलालाई मृत्युदण्डको फैसला सुनाएको हो।

सोमालियाकी शुक्री अब्दुल्लाहनी वार्सेममाथि ११ पटक विवाह गरेको आरोप लगाइएको छ। उनले कुनै पनि पतिलाई डिभोर्स भने दिएकी थिइनन्। सोमालियाको दक्षिणी सब्लेल सहरका स्थानीयले दिएको जानकारीअनुसार उक्त महिलालाई अल–सबाबका लडाकुहरुले ढुङ्गाले हानेर मारेका हुन्। अल–सबाब पछिल्लो समय मुस्लिमको सारिया नियममा अत्यधिक मात्रामा कडाइ गर्ने दिशामा अघि बढिरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो संगठनले सोमालियाको ठुलो क्षेत्र ओगटेको छ। कहिलेकाँही यो संगठनले छापा मार्ने तथा राजधानी सहर मोगादिसुमा आक्रमण गरेर सरकार कब्जाको पनि प्रयास गर्दै आएको छ। अल–सबाबाका उक्त क्षेत्रको गभर्नरका अनुसार अदालतमा उक्त महिला र उनका नौ पतिहरुलाई उभ्याइएको थियो र नौ जनाले नै उनी आफ्नो पत्नी रहेको बताएका थिए।

इस्लामिक नियमअनुसार कुनै पनि महिलाले एक जनाभन्दा बढी पुरुषसँग विवाह गर्नु गैरकानुनी मानिन्छ। पुरुषले भने चार जनासम्म महिलासँग विवाह गर्न पाउँछन्। डिभोर्स गर्न पनि दुवैलाई अधिकार हुन्छ। पुरुषले सहजै पत्नी छाड्न सक्छन् भने महिलाको लागि पुरुषको अनुमति लिनुपर्ने हुन्छ, यदि उनले अस्वीकार गरे धार्मिक अदालतमा अनुमतिको लागि निवेदन दिनुपर्ने हुन्छ।

समाचारमा बताइएअनुसार अब्दुल्लानीको स्वास्थ्य सही अवस्थामा रहेको थियो र उनले आफ्नो गल्ती अदालतमा पनि स्वीकार गरेकी थिइन्। सोमालियामा डिभोर्सको प्रक्रिया निकै सामान्य मानिन्छ तर यो घटना भने असामान्य रहेको बताइएको छ।