फ्रान्सको ‘प्याले दे तोक्यो’नामक संग्रहालयले पहिलो पटक नग्न व्यक्तिहरुलाई अवलोकनको अनुमति दिएको छ। गत मे ५ का दिन पेरिसस्थित संग्रहालयले कपडामुक्त कार्यक्रम आयोजना गरेको हो ।

आगन्तुकहरुले आफ्नो सम्पूर्ण कपडा खोलेपछी विभिन्न चित्रकला तथा मूर्तिहरुको अवलोकन गर्न हलमा प्रवेश गरेका थिए। गत वर्ष पेरिसकै एक पार्कमा ‘न्युड जोन’ स्थापना गरिएको थियो। संग्रहालय घुमेपछि नग्न आगन्तुकहरुले त्यहाँको वातावरण अत्यन्त रमणीय रहेको बताएका छन्। उनीहरुले नग्न बनेर कलाकृति अवलोकन गर्दा अलग महसुस हुने पनि बताएका छन्।फ्रान्समा करिब २६ लाख नग्नता मनपराउने मानिसहरुको रहेको अनुमान छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पेरिसमा यस्ता नग्नता मन पराउने व्यक्तिहरुका लागि स्वीमिङ पुल, कसरत स्थल र विभिन्न खेल खेल्ने स्थानहरु तय गरिएका छन्। पेरिसमा सन् १९५३ देखि नै न्युडिस्ट एसोसियसन सञ्चालनमा छ, जसले त्यहाँका नग्नताप्रेमीहरुलाई संगठित बनाएको छ।