झापाको लखनपुरमा उपराष्ट्रपति नन्दकिशोर पुन आउने भएपछि झापाको सुरक्षा ब्यवस्था कडा पार्न शुरु गरिएको छ ।आइतवार लखनपुरस्थित आदिबासी रंगशालामा हेभन्लिपाथ नेपालले आयोजना गर्न लागेको दुःखहरण पूजामा सहभागि हुन उपराष्टपति पुन आउन लागेकाहुन् । पुन उपराष्टपति भएपछि पहिलोपटक झापा आउने भएकाहुन । शुक्रबार पुनको आगमनलाइ सहज बनाउन र सुरक्षा ब्यवस्था मिलाउने बिषयमा जिल्ला भरका प्रहरी कार्यालयका प्रमुख सहितको छलफल समेत भएको जनाइएको छ ।बिशिष्ठ ब्याक्तिको भ्रमणले गर्दा केही दिनयता प्रहरीले यसकै तयारी गरेको बताइन्छ । दुःखहरण पूजाका लागि करिब ५० लाखभन्दा बढी खर्च हुने र यसको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजक हेभन्लिपाथ नेपालका अध्यक्ष वीवी राईका अनुसार ९५ प्रतिशतभन्दा बढी तयारी पुरा भएको छ । लखनपुरको आदिबासी रंगशाला भब्य रुपमा सिगारिएको छ भने यो देखेर स्थानीयहरु चकित भएकाछन् । करिब एक महिनाअघि देखि नै कार्यक्रमको तयारी शुरु भएको हो । हेभन्लिपाथभित्र एउटा गुटमा बिबाद रहेकाले पनि सुरक्षा चुनौती थपिएको जनाईन्छ । अग्रजीसालको नयाँ बर्षमा हरेक बर्ष हेभन्लि पाथ नेपालले दुखहरण पुजा गर्दै आएको छ । हिज होलीनेस मास्टर गड्यान्जलको उपस्थितिमा कार्यक्रम हुने बताइन्छ । सामाजिक सञ्जाल फेसबुकमा हेभेन्ली पाथका प्रवर्तक एवं प्रेमवादका दार्शनिक हिज होलीनेस मास्टर गड्यान्जल बिरुद्ध बिभिन्न अभिब्यक्तिहरु आएका थिए ।
दुःखहरण पूजामा उपराष्टपति पुन आउने
सवाल नेपालसंवाददाताशनिबार, १५ पुस २०७३

दुःखहरण पूजामा उपराष्टपति पुन आउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



