दमक÷नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाशप्रसाद अधिकारीलाई जिताउन सफल दमक जेसिजको पनि नयाँ नेतृत्वका लागि रस्साकसी शुरु भएको छ । अध्यक्ष सहितका पदहरुमा उम्मेदवारहरुले आफ्नो पक्षमा लबिङ गर्न थालेकाछन् । अध्यक्षमा दाबेदारी धेरैको भएकाले सर्वसम्मत नेतृत्वको सम्भावाना टर्दै गएको बताइन्छ । अध्यक्षमा गोबिन्दराज कट्टेल, चन्द्र खत्री, बद्रि बराल र भीमराज केसी तयारीमा जुटेकाछन् । कट्टेलले यसभन्दा अघि तीन पटक अध्यक्षको उम्मेदवारी दिएर पनि सर्वसम्मतको वातवरण बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएका थिए । अर्का उम्मेदवार खत्री पनि यसपटक प्रमुख दाबेदारको रुपमा देखिएकाछन् । उनलाइ अघिल्लो पटक नै महासचिबको रुपमा हेरिएको थियो । तर अहिले अध्यक्षका दाबेदार बराल महासचिब भएका थिए । केसी पनि अध्यक्षका अर्का दाबेदार हुन् । उनी पनि जेसिस अभियानमा सक्रिय रहदै आएकाछन् । एकातिर कट्टेल र बरालबीच आपसि समझदारी भएर एक अध्यक्ष बन्न सक्ने र अर्कातिर खत्री र केसीबीच समझदारी बनेर अर्को समिकरण बन्न सक्ने पनि जेसिज सदस्यबृतमा चर्चामा छ । सर्वसम्मतको अवस्था आएमा गोबिन्दराज कट्टेल नै अध्यक्ष बन्न सक्ने चर्चा रहेको छ । जेसिस अभियान र कार्यक्रममा सक्रियतालाई नेतृत्वको मापदण्ड बनाइने भएकाले त्यसको आधारमा नै अध्यक्ष चयन हुने दमक जेसिसका एकजना पूर्व अध्यक्षले बताए । यसैगरि बरिष्ठ उपाध्यक्षमा पनि ठूलै रस्साकस्सि हुने देखिएको छ । सुयोग खरेल, शशिराज बिष्ठ, सीता कार्की, बिष्णुप्रसाद पोखरेल, दिनेश अग्रवाल लगायतको नाम चर्चामा रहेको छ । उनिहरुमध्येबाट नै २ जना कार्यकारिणी उपाध्यक्ष बन्नेछन् । उपाध्यक्षमा पनि आधादर्जनको नाम चर्चामा रहेको छ । दमकका युवा ब्यवसायि नबिनकुमार अग्रवाल, संन्दिप न्यौपाने, भलराज गौतम(राजु), सन्दिप चापागाइ लगायतको नाम चर्चामा रहेको छ । जनसम्पर्क अधिकारी, तालिम निर्देशक लगायतको पदमा भने खासै दाबी अहिलेसम्म देखिएको छैन । यहि पुष २१,२२ र २३ गते साधरणसभा तोकिएको छ । यहि साधरणसभाले नेतृत्व चयन गर्नेछ ।
दमक जेसिजमा अध्यक्ष सहितको पदमा कडा रस्साकस्सि
सवाल नेपालसंवाददाताशनिबार, १५ पुस २०७३

दमक जेसिजमा अध्यक्ष सहितको पदमा कडा रस्साकस्सि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



