काठमाडौं / नेपाली बजारमा सुनको मूल्य आज थप उकालो लागेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चाँदी तोलामा हिजो मात्रै पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।