नवलपरासी, १८ पुस । नवलपरासीमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिले अवैधरुपमा भइरहेको खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । केही साता अघि नवलपरासीको केरुङखोला आसपासका क्षेत्रबाट नियम विपरीत करिब रु १५ करोड बराबरको खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिको टोलीले नियन्त्रणमा लिएको थियो । नियम विपरीत हुँदै गएका कार्य तत्काल बन्द गरी जिल्लामा राजस्व सङ्कलन अभिवृद्धि गर्ने उद्देश्यले सो कार्य अघि बढाइएको समितिका सदस्य सचिव एवम् स्थानीय विकास अधिकारी जिवलाल भुसालले बताउनुभयो । सो क्रममा बरामद भएका खोलाजन्य वस्तु बोक्न प्रयोग भएका करिब २६ वटा टिपर र तीन वटा जेसीबी नियन्त्रणमा लिएर रु ६५ करोड लाख जरिवाना गरिएको छ । आव २०७१÷०७२ मा केरुङ खोलाबाट खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा तोकिएको मात्रामा निकाल्नका लागि भनेर स्मृति निमार्ण सेवाले करिब रु पाँच करोडमा ठेक्का लिएको थियो । तर सो कम्पनीले नियम विपरीत लामो समयसम्म चुरे क्षेत्रमा उत्खनन गरी राखिएको करिब रु १५ करोड बराबरका खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिले सवारीसाधनसहित नियन्त्रणमा लिएको हो । नवलपरासीमा करिब एक दर्जन ठूला खोलानाला रहँदै आएका छन् । जसबाट जिल्ला विकास समितिले वार्षिकरुपमा करिब रु १० करोड बराबरको राजस्व सङ्कलन गर्ने गर्दछ ।
खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान
सवाल नेपालसंवाददातासोमबार, १७ पुस २०७३

खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



