बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै बुधबार तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले बढेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ७ सय ७० रुपैयाँ थियो।