दमक-अल्ट्रा म्याराथुनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी शुरु गरिएको छ । राई पुष २१ गते झापाको दमकमा आउने र सम्मान ग्रहण गर्ने जनाईएको छ । सगरमाथा तेक्वान्दो डोजाङ यूकेको समन्वयमा बिभिन्न संघसंस्थाहरुले राइका लागि जुटाएको २८ लाख सहित सम्मान गर्ने तयारी भएको सगरमाथा तेक्वान्दो डोजाङ यूकेका संस्थापक अध्यक्ष माष्टर राष्ट्र राईले बताए । एक कार्यक्रमबीच मातृभूमि नेपालमा नै उनलाई सम्मान गर्न लागिएको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । अल्ट्राम्याराथनमा अन्तराष्ट्रिय स्तरमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न लागिएको एन.आर.एन यूकेका उपाध्यक्ष समेत रहनु भएका दमक १९ निवासी राष्ट्रकुमार राईले जनाए । धाविका राइ नेशनल जियोग्राफि च्यानलको एडभेन्चर्स अफ दी इयर २०१७ का लागि विश्वका दश साहसिक ब्याक्तिका लागि मनोनयनको सुचिमा समेत पर्न सफल भएकी थिइन । खेलाडीहरुलाइ हौसला प्रदान गर्ने उदेश्यले बेलायतमा क्रियाशिल संघ संस्थाहरुको सहयोगमा प्राप्त भएको आर्थिक सहयोग सम्मान स्वरुप राइले आफ्नै देशमा आएर दिन लागिएको समेत सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम राखेपका सदस्य सचिब केशबबहादुर विष्टको प्रमुख आतिथ्यमा हुनेछ । भोजपुरको सानुदुमी बास्तीमा जन्मनु भएकी २७ बर्षी मिरालाई अल्ट्राम्याराथुन खेलमा लाग्न प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत सोहि कार्यक्रममा २ लाख नगद सहित सम्मान गर्न लागिएको पनि बताइएको छ । राइ गतबर्ष धरानदेखि दमकसम्म भएको म्याराथुनमा सहभागि हुनु भएको थियो ।
अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी
सवाल नेपालसंवाददातासोमबार, १७ पुस २०७३

अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



