दोलखा, २२ पुस । दोलखा फूलबारी बस्तीका ३३ वर्षीय मीनबहादुर तामाङले सरकारी अनुदानको ५० हजार रुपैयाँ लिएका छैनन् । गैरसरकारी संस्था एसओएस नेपालले घर बनाइदिने भएपछि उनले अनुदान लिएनन् । तर, एसओएस नेपालले उनको घर अझैसम्म बनाइदिएको छैन । ‘एसओएसले घर बनाइदिने भन्यो । त्यसो हुँदा सरकारले दिने ५० हजार पनि लिइनँ । तर, अझै घर बन्न सकेको छैन । बाख्रापालनका लागि भने ३० हजार रुपैयाँ सहयोग गरेको छ । घर नबनेकाले जस्ताको टहरोमै बस्नुपरेको छ,’ उनले भने । घर बनाउन आएको सहयोग श्रीमान्को उपचारमा फूलबारी बस्तीकै ६० वर्षीय साङडोल्मा तामाङले पनि सरकारले अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ पाइनन् । एसओएस नेपालबाट सहयोग लिने भएपछि उनले पैसा नलिएकी हुन् । घर बनाउन एसओएसले तामाङ परिवारलाई दुई लाख रुपैयाँ दिएको थियो । तर, त्यो रकम उनले श्रीमान्को उपचारमा सकिन् । अब उनीसँग घर बनाउने पैसा छैन । त्यसैले उनी जस्ताको टहरोमै आगो तापेर जाडो कटाउँदै छिन् । ‘एसओएसले घर बनाउन दुई लाख दिएको थियो । श्रीमान् मुटुको रोगी भएकाले त्यो रकमले उपचार गरेँ । अब घर बनाउने पैसा छैन,’ उनले भनिन् । चिसोमा भाँडा माझ्दै गरेको अवस्थामा भेटिइन् २७ वर्षीया निर्मला तामाङ । भूकम्पले घर भत्काएकाले उनको बास जस्ताकै छाप्रोमा छ । उनलाई न त सरकारले सहयोग गरेको छ, न त कुनै एनजिओ–आइएनजिओले नै । ‘सबैले सहयोग पाए, तर मैले पाउन सकिनँ । मेरो नाम किन अनुदान सूचीमा परेन थाहा पाइनँ । जस्ताको टहरामा कसरी जाडो कटाउने हो थाहा छैन,’ उनले पीडा पोखिन् । ५० हजारले घरको जग खार्नै पुग्दैन । बाहिर हल्का हिउँ फुसफुसाउँदै छ । ४५ वर्षीय मिस्री तामाङ जस्ताको टहरामा आगो फुक्दै छिन् । आगो दन्किन थाल्यो । दिउरेमा रक्सी तताइन् । गिलासमा हालिन् अनि स्वाट्टै पारिन् । ‘फेरि हिउँ पर्न थाल्यो । साह्रो जाडो भएकाले भगाउन रक्सी तताएर खाएको हो । यसो नगरी त दिन कटाउनै मुस्किल भयो,’ उनले भनिन् । दसैँअघि नै उनले अनुदानस्वरूपको ५० हजार रुपैयाँ लिइसकिन् । तर, अझैसम्म घरको जग खार्न सकेकी छैनन् । अनुदान रकमले घर बनाउन नपुग्ने भएपछि के गर्ने–नगर्ने अन्योलमा परेको उनले सुनाइन् । ‘५० हजार त लिइयो । त्यो पैसाले जग खार्न पुग्दैन । के गर्नु त्यति पैसा ? जाडो छ । घर बनाउन पाए त तातोमा बस्नुहुन्थ्यो । तर, घर बनाउने पैसा पनि आफूसँग छैन,’ उनले गुनासो पोखिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
एनजिओको आसमा सरकारी राहत छाड्ने दुःखमा
सवाल नेपालसंवाददाताशुक्रबार, २१ पुस २०७३

एनजिओको आसमा सरकारी राहत छाड्ने दुःखमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



