काठमाडौँ, २२ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनसँगै तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु अपरिहार्य भएको बताउनुभएको छ । निर्यात दिवसका अवसरमा नेपाल निर्यात परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले संवाद र सहमतिका माध्यमबाट सबै समस्या समाधान गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयतालाई बहसको विषय नबनाउन र चाँडो सहमति कायम गरी निर्वाचनमा लाग्न सबै राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो । “सबै नेपाली राष्ट्रवादी हुन्” भन्दै उहाँले अब राजनीतिक सङ्घर्ष नगरी आर्थिक विकासमा सम्पूर्ण नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयन र देशको आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उहाँले लगानीको वातावरण बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घीयतालाई बहसको विषय नबनाउन उपराष्ट्रपतिको आग्रह
सवाल नेपालसंवाददाताशुक्रबार, २१ पुस २०७३

सङ्घीयतालाई बहसको विषय नबनाउन उपराष्ट्रपतिको आग्रह
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



