गाईघाट (उदयपुर), २३ पुस । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन् । सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, ४६ वर्षीय रेशमकुमार कार्की र १७ वर्षीया एलिना श्रेष्ठ गम्भीर घाइते भएकामा भेषराज र विष्णुबहादुरलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल, निलबहादुर र रेशमकुमारलाई विराटनगरस्थित न्युरो अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पतालमा राति नै पठाइएको प्रहरीले बताएको छ । कटारीबाट गहुँबारीतर्फ जाँदै गरेको स १ ज ४०९ नंको उक्त बलेरो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत गहुँबारीको भिरबाट स्ेटरिङ फेल भई ३०० मि तल खसेको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताउनुभयो । जिप चालक हर्देनी–३ का ३२ वर्षीय शेरबहादुर खत्री भने जिपबाट हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ । उक्त जिपमा नौ जना सवार थिए ।
जिप दुर्घटना हुँदा दुईको मृत्यु
सवाल नेपालसंवाददाताशनिबार, २२ पुस २०७३

जिप दुर्घटना हुँदा दुईको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



