स्वीडेन इंग्ल्यान्डलाई हराउँदै २४ वर्षपछि पहिलो पटक सेमिफाइनल पुग्ने प्रयासमा थियो। तर स्वीडेनको सपनालाई खेलको ३० औँ मिनेटमै ह्यारी म्याग्वायरको गोलले चकनाचुर पार्‍यो।

यङले हानेको कर्नरबाट आएको बललाई स्वीडेनका डिफेन्डरहरुभन्दा माथि उठेर उनले हेड गरी गोल गरे। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हयारी मग्वायरको यो हेडर यो विश्वकपमा इंग्ल्यान्डको आठौँ सेट पिस गोल थियो। सन् १९६६ मा पोर्चुगलले पनि एउटै विश्वकप प्रतियोगितामा यस्तै ६ वटा गोल गरेको थियो।

स्विडेनका तर्फबाट भएका कयौँ प्रयासलाई इंग्लिस गोलकिपरले पर्खाल जस्तै उभिएर सामना गरे।

पहिलो गोल फर्काउन प्रयास गरिरहेको बेला दोस्रो गोल भयो। त्यो पनि इंग्ल्यान्डबाट। ५८ औँ मिनेटमा डेले अलीले स्विपिङ क्रसबाट आएको बललाई हेड गरेर गोल गरे। त्यतिबेला उनलाई मार्क गर्ने स्विडिश खेलाडी कोही थिएनन्। यो विश्वकपमा इंग्ल्यान्डका तर्फबाट गोल गर्ने उनी पाँचौँ खेलाडी हुन्।