काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

बिहीबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा सुनको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।