एक अमेरिकी मोडलले आफ्नी छोरीलाई स्तनपान गराउँदै रनवेमा र्याम्प वक गरेकी छिन् ।
मारा मार्टिनले स्विमसुट शोका लागि आफ्नी पाँच महिने छोरी आरियासहित रनवेमा क्याटवक गरेकी हुन् ।
गत आइतबार आयोजित उक्त कार्यक्रमपछि धेरैले उनलाई ‘स्तनपान’ लाई साधारण बनाएको भन्दै धन्यवाद दिए ।
मार्टिनले सुनौलो रङको बिकिनीमा हेडफोन लगाएकी छोरी आरियालाई स्तनपान गराउँदै स्टेजमा भित्रिएकी हुन् । हल्ला र म्युजिकबाट बचाउनका लागि आरियालाई हेडफोन लगाइएको बताइएको छ ।
यसका लागि मारालाई थुप्रै मानिसहरुले ट्वीटरमा समर्थन गरेका छन् ।
https://twitter.com/smith_halie97/status/1019017796318040070https://twitter.com/saiberbully_/status/1019135387338452997
https://instagram.com/p/BlVROStlu5M/?utm_source=ig_embed
https://twitter.com/SI_Swimsuit/status/1019015927143305221
https://twitter.com/RickyBhasFaith/status/1018945822795485185
https://instagram.com/p/BlO-yHTFV6G/?utm_source=ig_embed
यसको जवाफ दिन उनले आफ्नो इन्स्टाग्रामको सहयोग लिएकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘जुन कुरा म दैनिक गर्छु त्यसका लागि म र मेरी छोरी हेडलाइन बनेकोमा म विश्वासै गर्न सक्दिनँ । म यसकारण चकित भएँ किनभने यो हेडलाइन नै हुनुपर्ने विषय भने होइन । आमा बन्नु र सन्तानलाई दुध चुसाउँदै काम गर्नु मेरो लागि एउटा साधारण प्रक्रिया हो ।’










