दमक । झापाको दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना रहेको पाइएको छ । सेतुमारी कृषि सहकारी संस्था दमक १५ ले हिजो र आज आयोजना गरेको निशुल्क माटो परीक्षणका क्रममा विभिन्न किसानका खेतको माटोमा धेरै अम्लीयपन पाइएको हो । किसानका खेतको माटोमा अम्लीयपन धेरै देखिएकोले यस्तो माटो बढी विषाक्त हुने, माटोमा भएको खाद्यतत्व बाली विरुवाले ग्रहण गर्न नसक्ने समस्या रहेको माटो परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख हरिबहादुर भुजेलले जानकारी दिए । माटोमा रहेको अम्लीयपन घटाउन पिएचको मात्रा बढाए मात्र किसानले सोचेअनुसारको उत्पादन गर्न सक्ने माटो विज्ञ भुजेलले सुनाए । त्यसका लागि कृषि चुन र बायोडिन हाल्नु पर्ने उनको सुझाव छ । माटोमा हुनुपर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा कमी भएको माटो प्राविधिकहरुले बताएका छन् । जिल्ला विकास समिति झापा र दमक नगरपालिकाको सहयोगमा भएको माटो परीक्षणमा दमकका २०९ किसानले माटो जाँच गराएको सेतुमारी कृषि सहकारी संस्थाले जनाएको छ । एक साता भित्र किसानको माटोमा देखिएका अम्लीयपना लगायतका सबै तत्वको परीक्षण प्रतिवेदन सहकारी संस्थालाई दिने प्रयोगशालाका प्राविधिक सीता खरेलले बताइन् । धेरै फलको आशा राखेर जहिले बाली लगाउने तर परिणाम शुन्य हुने अवस्थाबाट किसानलाई मुक्ति दिन उनीहरुका खेतको माटो ल्याएर परीक्षण गरेको सेतुमारी कृषि सहकारीका व्यवस्थापक दिपक खनालले बताए ।
दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना भेटियो
सवाल नेपालसंवाददाताबुधबार, २६ पुस २०७३

दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना भेटियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



