विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकस्थित गोर्खाली टोलमा रहेको मुगा होटलमा आगलागि भएको समचार प्राप्त भएको छ । बिहान ४ बजेतिर आगलागि भएको र त्यहाँ दुइवटा दमकले आगो नियण्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले बताए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार बिद्युत सर्ट भएर आगोलागि भएको हो । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र समेत उनले बताए ।
स्थानीय, दमक र प्रहरीले आगो नियण्त्रणको प्रयास गरेको जनाईएको छ । अहिले आगो नियण्त्रणमा आइसेको पनि बताइन्छ ।










