दमक/झापा दमकको मेची सहकारी संस्थाले १ अरब १७ करोड भन्दा बढिको वासलात भएको आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ । यो बितेको बर्षको कारोबारको वासलात हो ।

सहकारीको हलमा पत्रकार सम्मेलन गरेर जानकारी गराइए अनुसार १ अरब १७ करोड ८७ लाख ९७ हजार ७ सय २७ रुपिया वासलत रहेको छ । यो त्यो भन्दा अघिल्लो बर्षको तुलनामा ३०.९८ प्रतिशतले बढि हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहकारीका ब्यवस्थापक खोमप्रसाद बगालेका अनुसार शेयर पुँजी १२ करोड १५ लाख ७७ हजार ३ सय रहेको छ । ३ हजार ९९ सय सदस्य रहेकाछन् । यो सहकारी दमकको उत्कृठ सहकारीमा पर्दछ ।

सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराइले ४ बर्षभित्रमा मेची सहकारी संस्था अत्याधुनिक भवनमा सर्ने, सहकारी आवास योजना लगायतका नयाँ कार्यक्रमहरु रहेको समेत सार्वजनिक गरेका थिए ।

प्रकाशन तथा सञ्चार उप समितिको प्रमुख गीता कुवरको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन उप समितिका सदस्य नरपती पाण्डेले गरेका थिए ।