महोत्तरी । २ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन् ।

२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले कुटेर हत्या गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही मुद्दाका फरार अभियुक्त शर्मा सोमबार अदालतमा उपस्थित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र कुमार खड्काका अनुसार राज्यमन्त्री शर्मा सोमबार ११ बजेपछि अदातमा उपस्थित भएका हुन् ।

शर्मा कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै अदालतमा उपस्थित भएका थिए ।

यस मुद्दामा १ः३० बजेदेखि बहस शुरु हुने बताइएको छ ।

शर्माको निवेदनमा अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको जनाएका छन् । यसअघि अदालतले परमादेश जारी गरेपछि राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुसँग भेटेर कुराकानी गरेका थिए । रातो पाटी बाट