p>काठमाडौं, २८ साउन । सोमबार र मंगलबार मुलुकका पूर्व, मध्य र पश्चिम क्षेत्रमा भीषण वर्षा हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको बाढी पूर्वानुमान शाखाका अनुसार सोमबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
साथै, दिउँसो पूर्व, मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
शाखाले आगामी दुई दिन चुरेका सबै खोलानाला र तराईको होचा स्थानमा बाढी र डुवान जोखिममा रहन सक्ने जनाएको छ । कोसी नदीमा सोमबार बेलुकीपछि पानीको बहाव सतर्कता तहमाथि जान सक्ने उसको भनाइ छ ।
शाखाले कमला, कन्काई, बागमतीलगायतमा सतर्कता तह पार हुन सक्ने बताएको छ ।
शाखाले हाल देशको प्रदेश १ को सुनसरी, प्रदेशको २ का सम्पूर्ण क्षेत्र, प्रदेश ५ र कर्णालीको अधिकांश तराई तथा चुरे क्षेत्रमा ठूलो वर्षा भइरहेकाले ती प्रदेशका चुरेबाट बहने सवै स–साना खोलानाला र तराईका होचा स्थान डुवानमा पर्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार सबैभन्दा बढी पानी विराटनगरमा ५९ दशमलव ३ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।










