दमक/युवा संघ झापा महिला बिभाग र अनेरास्वबियु झापाको महिला बिभागले जिल्लाका स्थानीय सरकारहरुलाइ बलात्कार, हिँसा लगायत महिलमाथि हुने सबै प्रकारका ज्यादती रोक्न ठोस कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएकाछन् । यसैक्रममा सोमबार दमक नगरपालिकामा उनिहरुले ज्ञापन पत्र बुझाएकाछन् ।

अनेरास्वबियु केन्द्रिय सदस्य केन्द्रिय सदस्य नीता घतानीले महिलाहरुको पीडाबारे नगरपालिका उपप्रमुख गीता अधिकारीलाइ अवगत गराएकी थिइन् । युवा संघ जिल्ला महिला बिभाग प्रमुख निर्मला आचार्य, अनेरास्वबियु महिला बिभाग प्रमुख तनुजा दुलालले पनि उपप्रमुख अधिकारीलाइ कार्यक्रमको औचित्य र मागबारे जानकारी गराएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारी, प्रदेश सदस्य प्रकाश नेपाल,जिल्ला सदस्य रेजिना पाण्डे, जिल्ला सदस्य यशोदा बराल, अनेरास्वयबियुको केन्द्रिय सदस्य डम्बर अधिकारी लगायतका उपस्थिति रहेको थियो ।