झापा । प्रहरीले नेत्र विक्रम चन्द (विप्लब) समूह, नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध दुई जना कार्यकतालाई झापाको दमकबाट सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लव समूह) का मेची ब्यूरो सदस्य साथै विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) का मेची ब्युरो संयोजक जिल्ला ताप्लेजुङ आठराई त्रिबेणी गा.पा. -३ हाङपाङ घर भएका २६ बर्षीय राजु दास र इलामको साधारण सदस्य जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा. – ४ साब्लाखु घर भएका २५ बर्षीय असल पन्धाक लिम्बु ” सक्कल ” रहेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई दमक ५ स्थित बेलडाँगी रोडमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा चन्दा रसिद र पर्चा, दस्तावेजसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेकोले प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

पार्टीका स्थायी समिति सदस्य तथा प्रवत्ता प्रकाण्डसहित तीन जना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा विप्लब समूह नेकपाले सोमबार मसाल जुलुस र मंगलबार नेपाल बन्दको आवहन गरेकाले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी दुई जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।