दमक/नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको हड्तालको दमकमा खासै प्रभाव परेको छैन । अत्यन्त न्यून प्रभाव परेको बताईएको छ । पसलहरु खुला नै रहेकाछन् ।

दमकको मुख्य चोक लगायतका ठाँउठाँउमा बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन भएकाछन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार सामान्य बाहेक खासै प्रभाव परेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लामा भने आँशिक प्रभाव परेको बताईएको छ । आधा दर्जन बिप्लव समर्थित कार्यकर्ताहरुलाइ जिल्लाका बिभिन्न ठाँउहरुबाट प्रहरीले पक्राउ गरेको समेता जनाईएको छ । सडक तथा चोकचोकमा प्रहरी परिचालित रहेकाछन् ।