भारतको ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापालाइ दुइवटा एम्बुलेन्स र एक विद्यालयलाई एउटा सवारीसाधन प्रदान गरेको छ ।
रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई बस प्रदान गरेको बताइएको छ ।
जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले एउटा जिल्ला रेडक्रस र अर्को गौरादह रेडक्रसले यो सञ्चालन गर्नेछन् । पुर्व साँसद एवं नेकपाका नेता दीपक कार्कीले यसका लागि पहल गरेको बताइन्छ ।
भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ । जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक÷एक थान एम्बुलेन्स प्रदान गरिएको बताइन्छ ।










