नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारका लागि काम गर्न प्रशस्त समय र मौका भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा सरकारको ६ महिने कार्यकालको मूल्यांकन गर्दै लेखेका छन्, ‘सरकारको पहिलो ६ महिनाको सही मूल्यांकन शायद यही हो- जस्ट पास । सरकारको आँखा खुलोस् !’
उनले थपे, ‘जनताले बिपी पछिको सबभन्दा बलियो निर्वाचित सरकारबाट डिस्टिङ्सन दिन पाउने गरी गुणात्मक परिवर्तनकारी काम चाहेका हुन् ! उही घिसेपिटे पारा हैन ! अझै मौका र समय छ !’











