दमक/नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं उपसचिब शालिकराम काफ्ले र बिद्यालय निरिक्षक गणेश पौडेलमाथि हिमालय माध्यमिक बिद्यालयमा हातपात भएको छ ।
बिद्यालय ब्यवस्थापन समिति गठनका लागि भएको भेला शुरु हुनु अघि हातपात भएको बताईएको छ । नेपाली काँग्रेस लगायतका दलहरुले आफुहरुको माग बिपरित जारी गरिएको नगर शिक्षा नियामवलीको बिरोध गर्दै आएका थिए । कार्यक्रम शुरु हुनु अघि मञ्चमा आएर माइक लिइ आफ्ना कुरा राखेका काँग्रेस नेता कार्यकर्ताहरुले काफ्लेलाइ लछारपछार गरेका थिए ।
आक्रमक भएका काँग्रेस कार्यकर्ताहरुले शिक्षा अधिकृत समेत रहेका काफ्लेलाइ आफुहरुको मागको बेवास्था गरेको भन्दै हातपात गरेको जनाईएको छ । भेलास्थल केहिबेर तनावग्रस्त बनेको थियो । हेर्नुहोस भिडियो










