बर्तमान अध्यक्ष ढकाल दोर्याउने लाइनमा, बरिष्ठ उपाध्यक्ष अब आफुले स्वत पाउने पर्ने र पालो आएको भन्ने पक्षमा रहेको चर्चा छ ।

यसैगरी प्रथम उपाध्यक्ष गोपाल गुरागाइ अबको अध्यक्षको उम्मेदवार आफै नै भएको भन्दै आएकाछन् ।  यता पुर्व अध्यक्ष प्रकाश प्रशाइ र अघिल्लो पटक निर्वाचन लडेका गोकुल श्रेष्ठ पनि उम्मेदवार बन्न सक्ने चर्चा रहेको छ ।

दमक/झापाको दमकस्थित दमक उद्योग बाणिज्य संघको २७ औ बार्षिक साधरणसभा सम्पन्न भएको छ । रेडक्रस हलमा शुक्रबार भएको साधरणसभाको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले उद्घाटन गरे ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बार्षिक प्रतिबेदन पेस गरेका थिए । आङबोले करको विषयमा भ्रम छर्ने काम भएको जनाए । दोहोरो कर कहि पनि उठाउन नपाइने जनाउदै उठाएको भए त्यो रोक्ने पनि बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोहि अवसरमा आर्थिक क्षेत्रमा कलम चलाए बापत पत्रकार टीकाराम उप्रेतीलाइ सम्मान सहित पुरस्कृत गरिएको छ । उनि लामो समयदेखि दमकमा पत्रकारिता गर्दै आएका थिए ।

यो नव निर्वाचित टिम आएको दोश्रो बर्ष हो । आगामि बर्ष निर्वाचन बर्ष भएकाले नयाँ नेतृत्वको बिषयमा समेत चर्चा शुरु भएको छ । बर्तमान अध्यक्ष ढकाल दोर्याउने लाइनमा, बरिष्ठ उपाध्यक्ष अब आफुले स्वत पाउने पर्ने र पालो आएको भन्ने पक्षमा रहेको चर्चा छ ।

यसैगरी प्रथम उपाध्यक्ष गोपाल गुरागाइ अबको अध्यक्षको उम्मेदवार नै आफै नै भएको भन्दै आएकाछन् ।  यता पुर्व अध्यक्ष प्रकाश प्रशाइ र अघिल्लो पटक निर्वाचन लडेका गोकुल श्रेष्ठ पनि उम्मेदवार बन्न सक्ने चर्चा रहेको छ । अब नयाँ नेतृत्वका लागि बहस शुरु भएपछि राजनीतिक कसरत पनि शुरु हुनेछ ।

बरिष्ठ उपाध्यक्ष खतिवडाले ब्यवासायीले आफ्नो नेता छान्ने बताउदै आफुले ब्यवसायीको निर्णयलाइ नै सर्वमान्य मान्ने र मान्दै आएको प्रतिक्रिया दिएकाछन् ।