दमक/शुक्रबार हिमालय माध्यमिक बिद्यालयमा नगरपालिकाका उपसचिब एव शिक्षा अधिकारी शालिकराम काफ्ले र बिद्यालय निरिक्षक गणेश पौड्यालमाथि भएको हातपातको विषयमा लिएर प्रधानअध्यापक बिष्णुकान्त झासंग नगरपालिकाले स्पष्टिकरण मागेको छ ।
घटनाको पुर्वअनुमान र रोक्ने नियोचित षडयन्त्र भइरहेको थाहा पाउदापाउदै पनि शिक्षा अधिकारी काफ्ले र पौड्यालाइ यस बिषयमा जानकारी नदिइ बोलाईएको भन्दै उनलाइ शिक्षा शाखाले स्पष्टिकरण सोधेको बताइन्छ ।
नगरपालिकाले जारी गरेको शिक्षा नियामवली अनुसार नयाँ ब्यवस्थापन समिति गठनका लागि बोलाइएको भेलास्थल केहि समय झगडास्थल बनेको थियो । नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरु कार्यक्रम स्थल कार्यक्र शुरु हुनु अगावै आएर कार्यक्रम रोक्न दबाब दिएका थिए ।
कार्यक्रम शुरु हुुनु अगावै शिक्षा अधिकृत र गणेश पौड्याललाइ आक्रोशित काँग्रेस कार्यकर्ताहरुलाइ कार्यक्रम हल बाहिर निकाल्ने क्रममा हातपात एवं घुर्चेका थिए । भिडमा उनीमाथि हातपात भएको थियो ।
https://www.sawaalnepal.com/archives/78781










