विष्णुप्रसाद पोखरेल दमक । बिभिन्न ठाँउहरुबाट उच्च शिक्षा पढ्नका लागि झापाको दमक आएका कतिपय किशोरीहरु तथा रोजगारीका लागि भनेर यहाँ आएका महिलाहरु आफ्नो खर्च जुटाउनका लागि र साथीभाइको लै—लैमा लागेर ‘कलगर्ल’ को रुपमा काम गर्ने गरेको रहस्य खुलेको छ । यस्तै सम्बन्धबाट कुमारी आमा बनेकी एक किशोरी उपचारपछि घर फर्केको बताईएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले आफुले यस बिषयमा सुचना पाएपछि ति किशोरीको उपचारको ब्यवस्था मिलाईएको जनाउनु भयो । स्थानीय एक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत किशोरीको यो अवस्था देख्दा आफुलाइ पनि धेरै नरमाइलो लागेको उहाँले जनाउनु भयो । बारम्बार आग्रह गर्दा पनि उनले यो अवस्थामा पुर्याउने ब्याक्तिको नाम बताउन चाहिनन्, उपप्रमुख अधिकारीले भन्नुभयो ।
दमकका होटल तथा लजहरुले आफ्नो सम्पर्कमा बिद्यालय तथा क्याम्पस पढ्ने बिद्यार्थीहरु, रोजगार खोज्दै आएका तर रोजगार नपाएका युवतीहरु राख्ने र ग्राहक आएपछि फोन गरेर बोलाइदिदा आउनेहरुलाइ ‘कलगर्ल’ को रुपमा हेरिने गरेको छ । कतिपय अवस्थामा बिद्यालय तथा क्याम्पसको पोशाकमा नै समेत उनिहरु आउने गरेको बताइन्छ । दमकका होटलहरुमा यसप्रकारको गतिबिधिहरु बारम्बार भएको प्रहरीले सुचना पाएपनि बेवास्था गर्ने गरेको र बेलामौका छापा मारेर ब्यवसायीहरुसंग मोलमोलाइ गर्ने गरेको भन्दै बिरोध समेत हुदै आएको छ ।
होटल ब्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालका अनुसार दमकमा कतिपय होटलहरुका कारणले सबै होटलहरु बदनाम भएकाले यस्तो कार्य रोक्नका लागि अभियान समेत चलाईएको बताउनु भयो । होटल ब्यवसायीहरुले आफ्नो आचारसंहिता र कानुन मान्नु पर्ने हो तर यो कतिपयले नमानेको सत्य हो, दंगालले भन्नुभयो ।
अभिभावकले उच्च शिक्षा पठनपाठनका लागि कोठा लिएर राखिएका कतिपय किशोरी तथा युवतीहरुले कोठामा नै मान्छेहरु ल्याउने गरेको भन्दै घरबेटीले घरबाट नै निकाल्नु परेको समेत घरबेटी संघ दमककका एक सदस्यले बताउनु भयो । हामीले शुरुवातमा त आफन्त नै आएहोला भनेर चुप बस्ने गरेको र पछि बुझ्दा अर्कै कुरा रहेको थाहा पाएपछि निकाल्ने गरिएको छ, उहाँले भन्नुभयो । कोठामा बस्दा शंका गर्ने भएपछि कतिपय किशोरी तथा युवतीहरुले निश्चित होटलहरुमा ‘कलगर्ल’को काम गर्दै आएको पनि भेटिएको प्रहरी श्रोतको भनाइ रहेको छ ।
नगरपालिका उपप्रमुख अधिकारीले आफुले दमकमा यो समस्या बिकराल देखेको बताउनु भयो । उहाँले आफुले यस बिषयमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बालाइ समेत जानकारी गराएको र स्वबियुका नेता तथा महिला नेतृहरुलाइ समेत गम्भिर भएर यस्तो कार्य रोक्नका लागि लाग्न अनुरोध गरेको बताउनु भयो । बाध्यता र सम्झाउने मानिस नभएर यस्तो कार्यमा लागेका हुनसक्छन्, उनिहरुलाइ यो कुलतबाट निकाल्न हाम्रो पनि जिम्मेवारी हो भनेर सबैले बुझ्नु पर्छ, अधिकारीले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार यस बिषयमा आफुले पनि जानकारी पाएको जनाउदै यस बिषयमा सुक्ष्म अध्ययन गरिरहेको बताउनु भयो । आफु पनि यहाँ नयाँ आएको जनाउदै यसलाइ आफुलाइ गम्भिरताका साथ लिएको उहाँको भनाइ रहेको छ । यस्तो बिकृती तथा सामाजिक अपराध रोक्नका लागि हामीले सकेको प्रयास हामी गर्नेछौ, सुब्बाले भन्नुभयो । यस्तो कार्य गर्न कसैलाइ पनि छुट नभएको उहाँको भनाइ रहेको थियो ।










