विष्णुप्रसाद पोखरेल दमक । दमक नगरपालिकाले जारी गरेको शंशोधित शिक्षा नियामवली अन्र्तगत झापाको दमकस्थित हिमालय माध्यमिक बिद्यालयको ब्यवस्थापन गठन गर्न शुक्रबार बोलाईएको अभिभावक भेला तनावग्रस्त बनेको छ । नेपाली काँग्रेस लगायतका राजनीति दलहरुले शिक्षा नियामवलीमा आफुहरुको असहमति रहेको जनाएर भेला रोक्न माग गर्दै कार्यक्रम स्थलमा पसेका थिए ।

भेलामा अभिभावकको सामुन्ने दमक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा शाखा अधिकृत (उपसचिब) शालिकराम काफ्ले र बिद्यालय निरिक्षक गणेश पौडेलमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले हातपात गरेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

औपाचारिक कार्यक्रम शुरु हुनु अगावै नेपाली काँग्रेस दमक नगरसभापति रोशन बिष्ठले भेला रोक्नका लागि माग गर्नु भएको थियो । बिष्ठले आफ्नो भनाइ राखिसक्नसाथ नेपाली काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, दमक बुहुमुखि क्याम्पसका सभापति बिनोद चापागाइ लगायतले शिक्षा अधिकृत काफ्ले बसेको ठाँउमा गएर जबरजस्ति कार्यक्रम अघि नबढाउन भनेपछि आक्रोशित समुहले हातपात गर्दै काफ्ले र बिद्यालय निरिक्षकलाइ कार्यक्रमहलबाट बाहिर निकालेका थिए ।

केहि अभिभावकहरुले त्यसको प्रतिकार गर्न थालेपछि केहि समय अवस्था तनावग्रस्त भएको थियो । काफ्लेले आफुमाथि योजनाबद्ध र शुनियोचित रुपमा आक्रमण भएको बताउनु भयो । मलाइ बसेको ठाँउबाट जबरजस्ति उठाएर हातपात गरियो, आफ्ना कुनै मागहरु भएको भए शान्तिपुर्ण रुपमा राखिएको भए हुन्थ्यो–काफ्लेले भन्नुभयो ।

बिद्यालयले आफुहरुलाइ बोलाएर आएको जनाउदै काफ्लेले आफुमाथि हातपात हुनु गैह्जिम्मेवारपुर्ण भएको पनि जनाउनु भयो । हामी नियमलाइ लागु गर्ने निजामती कर्मचारी हौ, हामीमाथि यो ब्यवहार हुदा कसरी काम गर्न सकिन्छ ?–उहाँले भन्नुभयो । सबैको माग बमोजिम शिक्षा नियामवली शंशोधन भएर आएको तर त्यस बिषयमा नबुझि यस प्रकारको घटना भएको उहाँको भनाइ छ ।

बिद्यालय निरिक्षक पौडेलले आफुहरुमाथि अमानवीय ब्यवहार भएको बताउनु भयो । कार्यक्रम शुरु हुनु अगावै मञ्चमा आएर आफुहरुलाइ घुर्चिएको भन्दै यस्तो कार्यले आफुहरु काम गर्न नसक्ने बताउनु भयो । हामी बसिरहेको ठाँउमा एक्कासी आएर हातपात गर्ने काम भएको छ, यस्तो अवस्थामा हामीले काम गर्न सकिन्छ भन्ने लाग्दैन–उहाँले भन्नुभयो ।

अभिभावक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तीर्थराज बस्नेतले यस घटनाले लज्जित बनाएको जनाउनु भयो । सयौ अभिभावक बिद्यालय ब्यवस्थापन समिति गठन गर्न उत्साहित भएर आएको अवस्थामा कार्यक्रम स्थलमा तनाव सिर्जना गरिएको र यो कसैको हितमा नभएको उहाँको भनाइ छ । झापाको नमुना यो बिद्यालयमा यस प्रकारको गतिबिधिले हामीलाइ लज्जित बनाएको छ–बस्नेतले भन्नुभयो ।

https://youtu.be/3TX4FC1UcYc

तनाव सिर्जना भएपछि बिद्यालयका प्रधानअध्यापक विष्णुकान्त झाले तत्काललाइ अभिभावकभेला स्थगित गर्नु भएको छ । स्थगित भएपछि अभिभावकहरुले घटनामा प्रधानअध्यापक झाको समेत संलग्नता रहेको भन्दै बिरोध जनाएकाछन् । घटनापछि शिक्षा अधिकृत काफ्ले, बिद्यालय निरिक्षक पौड्याल कार्यालय कोठामा एकघण्टा भन्दा बढि समय सुरक्षा घेरामा रहनु भएको थियो ।

नेपाली काँग्रेस झापा क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले आफुहरुले बारम्बार शिक्षा नियामवली तत्काल लागु नगर्न भनेको र बिहिबार नगरपालिका भित्र नै शिक्षा नियामवली जलाएको समेत जनाउदै पेलेर शिक्षा नियामवली लागु गराउन खोजिएकाले यो अवस्था आएको बताउनु भयो । हामीले जबरजस्ति रुपमा बिद्यालय ब्यवस्थापन समिति गठन नगर्न माग गरेका हौ, तर सुनुवाइ नभएकाले आज यो अवस्था आएको हो –भण्डारीले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले घटनाको बिषयमा उजुरी नपरेको बताउनु भयो । उजुरी आएपछि घटनाको बिषमया अनुसन्धान गरिने जनाउदै उहाँले अहिले नै केहि भन्न सकिने अवस्था रहेको जनाउनु भयो । नगरपालिकाले लिखित रुपमा जिल्ला प्रशासन कार्यालय झापा र सम्बन्धित निकायहरुमा घटनाको बिषयमा जानकारी गराउने बताईएको छ ।

https://youtu.be/3TX4FC1UcYc