दमक/झापाको दमकमा स्थानीय सरकारको कार्यशैली प्रति असन्ुतुष्टि जनाउदै तिब्र बिरोधमा काँग्रेस सहितका राजनीतिक दलहरु लागि रहेकाछन् । शुक्रबार हिमालय माध्यमिक बिद्यालयमा भएको घटनापछि बिरोध अझ पेचिलो बनेको छ ।

काँग्रेसका कार्यकर्ताहरुले बिद्यालय ब्यवस्थापन समिति गठनका लागि भएको भेलालाइ रोक्ने क्रममा नगरपालिका नगर शिक्षा अधिकारी एवं उपसचिब शालिकराम काफ्ले र बिद्यालय निरिक्षक गणेश पौडेललाइ दूब्र्यवहार गरेपछि दमकमा यस बिषयले ठुलो चर्चा पाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले आइतवार यस बिषयमा निर्णय लिनका लागि बोर्ड बैठक बोलाएको जनाईएको छ । धरपकड हुनसक्ने भन्दै काँग्रेसले यसको प्रतिकारको तयारी गरिरहेको काँग्रेसका एक नेताले बताए । नगरले जारी गरेको शिक्षा नियामवली कुनै हालतमा लागु गर्न नादिने काँग्रेस अडान छ ।

यसै बिषयलाइ लिएर शुक्रबार राती अबेरसम्म नेपाली काँग्रेस झापा सभापति उद्धव थापा दमकमा नै रहेका थिए । उनले आन्दोलन जायज भएको भन्दै प्रतिरोध गर्न निर्देशन दिएको बताइन्छ ।

यसैक्रममा शनिबार काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि दमकको घटनाको बिषयमा जानकारी लिएकाछन् । नगर सभापति रोशन बिष्ठले यहाँको अवस्थाको बिषयमा जानकारी गराएका थिए ।

यसलाइ स्थानीय सरकारसंग हारजितको रुपमा समेत काँग्रेसले आन्तरिक समिक्षामा छलफल गरेको एक काँग्रेस नेताले सवाल नेपाललाइ जानकारी दिए ।