दमक/झापा दमकको मुख्य चोकदेखि बेलडाँगी जोडने बेलडागी सडकमा धुलो उडेर ब्यवसाय बन्द गर्नु पर्ने अवस्था आएको भन्दै यहाँका ब्यापारीहरु आक्रोशित भएर दमक उद्योग बाणिज्य संघ पुगेकाछन ।

बारम्बार चाडै पीच हुने भन्दै पानी समेत नहालेका कारण आफुहरु धुलोका कारण बिराम समेत पर्न थालेको भन्दै यो हर्कतको बिरोध गरिएको स्थानीय ब्यापारीको भनाइ रहेको छ । उनिहरुले बाणिज्य संघले यस बिषयमा गम्भिरता नदेखाए पसल बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवार दिउसो बाणिज्य संघमा पुगेका धुलोपीडित ब्यवसायी्हरुलाइ संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र निवर्तमान अध्यक्ष प्रकाश प्रशाइले समस्या सामधानका लागि प्रयास गर्ने बताए ।

तत्कालै दिनमा कम्तिमा पनि ३ पटक पानी छिट्ने र आवश्यकता भए त्यो भन्दा बढि समेत पानी छिट्ने ब्यवस्था मिलाइने बरिष्ठ उपाध्यक्ष खतिवडाले जनाए । ब्यापारीको पीडा सहिनसक्नुको रहेको उनको भनाइ थियो ।