दमक/झापाको दमक वडा नं. ३ का सुरेन्द्र रेग्मीका ४ बर्षिय छोरा रिदमको उपचारमा समस्या भएको छ । मृगौलाको रोगका कारण दुइ बर्षदेखि कान्तिबाल अस्पतालमा उपचाररत रिदमलाइ क्यान्सर समेत भएको छ । २ बर्षको अवधिमा झण्डै २० लाख रुपिया खर्च भएको र अझै यति नै रकम लाग्ने भएकाले सबैसंग आफ्नो छोरा बचाइदिन सुरेन्द्रले आग्रह गरे ।

दमकमा मोवाइल ब्यवसाय गदै आएका रिदमका बुबा सुरेन्द्रले मोवाइल पसल र आफ्नो जायजेथा सबै उपचारमा सकिसकेकाछन् । सुरेन्द्रले भने, अझै कम्तिमा पनि डेढ बर्ष अस्पतालमा राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको छ । सबैले आफ्नो छोरो सम्झेर सहयोग गरिदिन उनले रुदै आग्रह गरे । उनले भने, मेरो छोरो बचाइदिन म सबैसंग सहयोगका लागि अपिल गर्छु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नबिन अग्रवालले २५ हजार नगद सहयोग गदै सबैलाइ सकेको सहयोग गर्न आग्रह गरे । एक नाबालकको जीबन अब समुदायको हातमा रहेको जनाउदै सकेको सहयोगका लागि उनले अनुरोध गरे ।

सबैको थोरैथोरै सहयोगले पनि बालकले जीबन पाउने भन्दै आफुले पनि यो सहयोग गरेको उनको भनाइ थियो । २० देखि २५ लाख रुपियासम्म भए बालकको ज्यान बच्ने परिवारले बताउदै आएको उनि बताउछन् ।

सहयोग गर्न चाहानेले सम्पर्क गरौ रिदम बचाऔ अभियान नबिन अग्रवाल-9852676614, खेम सापकोटा-9852670735