दमक/नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ का साँसद केपी शर्मा ओली पर्सि बुधबार आफ्नो निर्वाचन क्षेत्र आउने भएकाछन् । उनि लखनपुरको आयुर्बेदिक अस्पताल र गौरादहको कार्यकर्ता भेलालाइ सम्बोधन गर्न उनि गृह नगर सहित क्षेत्रमा आउन लागेकाहुन् ।
प्रधानमन्त्रीका नीजि सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार निर्माणाधिन आयुर्बेद अस्पताल लखनपुर र गौरादहमा कार्यक्रम तय भएको छ । भोली बिराटनगर आउने र पर्सि यता आउने कार्यक्रम रहेको उनले बताए ।
ओली प्रधानमन्त्री भएपछि दोश्रो पटक झापा आउन लागेकाहुन् । अन्य कार्यक्रमहरु समेत तय हुनसक्ने बताईएको छ । ओलीको भ्रमण तय भएपछि यस क्षेत्रको सुरक्षा ब्यवस्था समेत कडा बनाईएको छ ।










