विष्णुप्रसाद पोखरेल दमक/झापाको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले काँग्रेस लगायतका राजनीतिक दलहरुले शंशोधित नगर शिक्षा नियामवली नपढी बिरोध गरेको बताएकीछन् । उनले एकपटक राम्र्ररी पढनलाइ सुझाव समेत दिएकीछन् ।

बिद्यालय ब्यवस्थापन समिति अभिभावक भेला बाट चयन हुने र अभिभावकहरुले नै गठनको ब्यवस्था रहेको भन्दै यहि माग राखेर आन्दोलन भएको उनले बताइन् । उनले भनिन्, कमसेकम एक पटक नियामवली पढनलाइ म आग्रह गर्दछु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहि बिषयलाइ लिएर बिहिबार दमक नगरपालिकाभित्र बिद्यालय निरिक्षक गणेश पौड्यालमाथि र शुक्रबार नगर शिक्षा अधिकारी शालिराम काफ्लेमाथि हातपात एवं दूब्र्यवहार भएको बताइदै आएको छ ।

अदालतको आदेश आएको छैन

यसैबीच अधिकारीले अदालतको आदेश अनुरुप रोक्न भन्ने माग पनि जायज नभएको बताएकीछन् । उनले नगर शिक्षा नियामवलीको बिषयमा कहि कतैबाट आदेश नभएको भन्दै नभएको बिषयमा ्रम छरिएको बताइन् । उनले भनिन्, कहि कतैबाट पनि आदेश आएको छैन, नभएको कुरा गरेर भ्रम छर्ने काम भइरहेको छ ।

हातपात निन्दनीय

नगर शिक्षा नियामवली बमोजिम ब्यवस्थापन समिति गठनका लागि नगर शिक्षा अधिकारी काफ्ले हिमाबिमा पुगेको समयमा भएको घटना निन्दनीय भएको उनले बताइन् । नगर कार्यपालिकाको बोर्डले यसको निन्दा र भत्र्सना गरेको बताउदै यस बिषयमा छलफल गरेर थप अघि बढ्ने उनको भनाइ रहेको छ ।

सहयोगको आग्रह

उपमेयर अधिकारीले शिक्षा क्षेत्रमा सुधारका लागि नगरपालिकाले चाल्ने कदममा सबैलाइ सहयोगका लागि आग्रह गरेकीछन् । उनले नगर शिक्षा नियामवलीमा पनि छलफल पछि आवश्यकता अनुसार शंशोधन हुनसक्ने बताउदै अहिले बिद्यालय ब्यवस्थापन समिति गठन गरेर अघि बढ्नका लागि सहयोग गर्न आग्रह गरेकीछन् । उनले भनिन, यो शंशोधन नै नहुने होइन आवश्यकता अनुसार शंशोधन हुने भएकाले यसको कार्यन्वयन गरे अघि बढ्नु पर्छ ।