विष्णुप्रसाद पोखरेल दमक/बेलडाँगी रोड असार मसान्तमसम्मा बनाइसक्ने भनेर भत्काईएको र अहिलेसम्म नबनाइदा धुलो उडेर ब्यापार चौपट भएको भन्दै स्थानीय ब्यापारी आक्रोशित भएकाछन् । उनिहरुले धुलोले स्वास्थ्यमा समेत समस्या भएको भन्दै सडक बन्द गर्ने चेतावनी दिएकाहुन् ।

हिजो नियमित पानी छर्केने भने पनि नछर्किएपछि निर्माण उपभोक्ता समिति र बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडासंग आक्रोश पोखेका थिए । खतिवडाले ठेकेदार तथा उपभोक्ता समितिले पानी हालेको पैसा नतिरेको भए आफै तिर्ने भन्दै ट्याकर बोलाएपनि केहि क्षणमा पानी परेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीच नभएसम्म पानी छिट्ने सहमति भएको छ । आक्रोशित ब्यापारीहरुले उपभोक्ता समितिसंग आक्रोश पोख्दै आएकाछन् । हिजो बाणिज्य संघमा पुगेर यस बिषयमा जानकारी गराएपछि संघका बरिष्ठ उपाध्यक्ष खतिवडालेले समस्या सामधानका लागि चासो दिदै र पहल गरेका थिए ।

उपभोक्ता समितिले निर्माणको ठेक्का सम्झौता गरे पनि काम भने निर्माण ब्यवसायीलाइ दिइएको बताइन्छ । चाडपर्वको समयमा सडकको यो अवस्था भएपछि आफुहरुको ब्यापार चौपटक भएको स्थानीय ब्यापारीहरुले बताए ।

उपभोक्ता समितिका अध्यक्ष तुलाराम न्यौपानेले कालोपत्रेका लागि आवश्यक सामाग्रिको अभावले गर्दा कालोपत्रेको काम रोकिएको जनाए ।

पानी छिट्दा महगो एवं खर्चिलो बन्ने र त्यो उपभोक्तालाइ नै मारमा पर्ने भएकाले सकेसम्म छिटो कालोपत्रे गर्न खोजिएको उनको भनाइ छ । उनले अब पानी छिट्ने प्रबन्ध मिलाउने समेत प्रतिबद्धता जनाए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला