दमक/दमक नगरपालिकाले अत्यआवश्यकीय सिफारीस दस्तुर र ब्याक्तिगत घटना विवरण दर्ता निशुल्क गर्ने भएको छ । करको बिषयमा र सिफारीस दस्तुरको बिषयमा चौतर्फी आलोचना बढेका बेला नगरपालिकाले यस्तो घोषणा गरेको हो ।
अनाअवश्यक रुपमा सामाजिक सञ्जालमा भ्रम छरिएको बताउदै नगरपालिका प्रमुख रोमनाथ ओलीले आफुहरुले दस्तुर नबढाए पनि भ्रम छरिएको जनाउदै अब त्यस्ता सेवाहरु निशुल्क प्रदान गरिने बताए ।











