दमक, २ माघ ÷ झापाको लखनपुरमा सञ्चालित पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि सुनसरीको धरान भेट्रान क्लबले जितेको छ । लखनपुर–१ स्थित आदिवासी रङशालामा आज सम्पन्न फाइनल खेलमा धरानले मोरङको राजघाट भेट्रान क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेता धरानका लागि खेलको ३० औँ मिनेटमा सुजित कुमार राईले गरेको एक गोल नै निर्णायक बनेको थियो । उपाधिसंगै विजेता धरानले ५५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी र मेडल तथा उपविजेता बनेको राजघाटले नगद ३० हजार ३ सय ३३ रुपैया सहित ट्रफी र मेडल प्राप्त गरेको थियो । यसैगरि खेल अवधि भरि उत्कृष्ठ खेलाडीका रुपमा धरानका प्रेम घिमीरे र बढी स्कोररका रुपमा राजघाट भेट्रानका प्रकाश लिम्बुलाई नगद,ट्रफिसहित पुरस्कृत गरिएको आयोजक पूर्वाञ्चल भेट्रान क्लवले क्लवका अध्यक्ष प्रेमकुमार कार्कीले जानकारी दिए । गत माघ २२ गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा पूर्वका १० वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई लखनपुर गाविस सचिव राजकुमार शाक्य,द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खरेल , चन्द्र दर्शन शाकोसका अध्यक्ष शेरवहादुर श्रेष्ठ, सामाजिक अगुवा पूर्णानन्द शर्मालगायतले खेलको महत्वका बारेमा बोलेका थिए । प्रतियोगितामा गाविस, द एभरेष्ट शाकोस, सुर्यदर्शन शाकोस , चन्द्रदर्शन शाकोस,कन्काई बबई निर्माण सेवालगायतले पुरस्कारका मुख्य प्रायोजन गरेका थिए ।
पूर्वाञ्चल भेट्रानको उपाधि धरानलाई
सवाल नेपालसंवाददाताआइतबार, ३० पुस २०७३

पूर्वाञ्चल भेट्रानको उपाधि धरानलाई
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



